दफा ६६
पुनरावेदन न्यायाधिकरणको स्थापना र गठन
(१) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी न्यायाधिकरणले गरेको निर्णय वा आदेश उपर पुनरावेदन सुन्न र यस ऐन बमोजिम नियन्त्रक वा प्रमाणीकरण गर्ने निकायले गरेको निर्णय वा आदेश उपर पुनरावेदन सुन्न दफा ६७ बमोजिमको योग्यता पुगेका व्यक्तिहरुमध्येबाट कानून सदस्य, सूचना प्रविधि सदस्य र वाणिज्य सदस्य भएको तीन सदस्यीय सूचना प्रविधि पुनरावेदन न्यायाधिकरणको गठन गर्नेछ ।
(२) कानून सदस्य पुनरावेदन न्यायाधिकरणको अध्यक्ष हुनेछ ।
(३) पुनरावेदन न्यायाधिकरणको क्षेत्राधिकारको प्रयोग तोकिए बमोजिम हुनेछ ।